+
+
Shares

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १७:२६

१५ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । ‘आज उजुरी आएको छ । अब कानुनी प्रक्रिया अघि बढाउँछौं,’ एसपी अवस्थीले अनलाइनखबरसँग भने ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

आजै प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि आगजनी गरेका छन् । प्रदर्शन उग्र भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?