
१५ चैत, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको घर वरिपरि क्षेत्रमा सुरक्षा तैनाथ बढाइएको छ ।
नेपाल निवास नजिकै रहेको भाइको घरमा राजावादी समूहका प्रदर्शनकारीले तोडफोड गरेपछि उनको घर वरिपरि क्षेत्रमा सुरक्षा तैनाथ बढाइएको हो ।
यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए ।
प्रहरीको सक्रियतामा पार्टी कार्यालयमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4