+
+
Shares

प्रदर्शनकारीले फुटाए हिमालय टेलिभिजनको गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १८:१५

१५ चैत, काठमाडौं । राजावादी समूहका प्रदर्शनकारीहरुले हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन् ।

समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ ।

हिमालय टेलिभिजनका सम्पादक राजेन्द्र बानियाँका अनुसार गाडी क्षतिग्रस्त भएको छ । उनले भने, ‘गाडीभित्रै हाम्रो रिपोर्टर समिर जोशी, क्यामरापर्सन मिलन प्रजापति र चालक रामराजा सापकोटा हुनुहुन्थ्यो, उहाँहरु गाडी भित्रै हुँदा नै ढुंगामुढा भयो ।’

सिसाका टुक्राले लाग्दा उनीहरु सामान्य घाइते भएका सम्पादक बानियाले बताए ।

उनले मिडियामाथि भएको आक्रमणको निन्दासमेत गरे । ‘एउटा स्वतन्त्र र व्यवसायिक सञ्चार माध्यममाथि जसरी आक्रमण गरियो, यो सूचनाको हक र स्वतन्त्र रुपमा सञ्चारकर्म गर्न पाउने हक माथिकै आक्रमण हो,’ बानियाँले भने ।

प्रदर्शनकारीले आजै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आक्रमण गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?