+
+
Shares

त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु

आन्तरिक तथा वाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १९:३०
फाइल तस्वीर

१५ चैत, काठमाडौं । विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । यद्यपि, विमानस्थलमा उडान/अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

आन्तरिक तथा वाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् ।

शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो । हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन् ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै एक घण्टा २४ मिनेट (दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म) उडान रोकिएको थियो ।

प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?