
१५ चैत, काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा सल्किन पुगेको छ ।
‘हावाशुद्धीकरण राखेर औषधि बनाउनुपर्ने हुन्छ । हामी हाते प्रविधिबाट मेसिन प्रविधिमा गएका थियौं,’ यादवले अनलाइनखबरसँग भनिन्, ‘सञ्चो बनाउने भवनमा पनि ठूलो परिमाणमा तेल छ । भवनसँगै जोडिएको अर्को भवनमा तेलको स्टोर गरेर राखिएको छ ।’
करिब ३० मिनेट अगाडी दमकल आए पनि आगो नियन्त्रणमा नआएको उनले जानकारी दिइन् । सँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको उनले बताइन् ।
‘त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुनसक्छ,’ यादवले अनलाइनबरसँग भनिन्, ‘तेल राखिएको भवनमा आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ ।’
दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए । यादवका अनुसार अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।
प्रतिक्रिया 4