+
+
Shares

राप्रपा नेताद्वय रवीन्द्र र धवलशमशेर पक्राउ

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १८:४९

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘शुक्रबारको घटनाबारे अनुसन्धानका लागि ल्याएका हौं ।’

प्रहरी कार्यालयबाट अनलाइनखबरसँग कुरा गर्दै मिश्रले दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिएको बताए ।

‘अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?