+
+
Shares

राजावादी आन्दोलनमा सक्रिय स्वागत नेपाल पनि प्रहरी नियन्त्रणमा

नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते २३:०१

१५ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

उपत्यका प्रहर प्रमुख एआईजी टेकबहादुर तामाङले नेपाल पक्राउ परेको पुष्टि गरे । यसअघि उपत्यका प्रहरीले जन आन्दोलन परिचालन समितिको संयोजन समितिका सदस्य रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरू सबै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीहरूलाई भेट्न विभिन्न अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?