
१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।
उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।
‘उहाँको स्वास्थ्यअवस्था कमजोर भएको पायौं,’ ती अधिकृतले भने, ‘हामी अवस्था हेरेर बाँकी निर्णय लिन्छौं ।’
सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । अहिले प्रहरी उनको घर वरपर परिचालित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4