+
+
Shares

सिराहामा महायज्ञका लागि दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते ७:४८

१६ चैत, जनकपुरधाम । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् ।

शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।

जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८ गते पक्राउ परेका उनीहरुविरुद्धको मुद्दामा शुक्रबार अदालतमा थुनछेक बहस भएको थियो । अदालतले उनीहरूलाई १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको स्रेस्तेदार नीरज पोखरेलले बताए ।

गत १० फागुनमा औरही- ५ का दीपक मल्लिक (डोम) को घर महायज्ञका लागि डोजर लगाएर भत्काइएको थियो ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्षलाई प्रहरीले  ८ चैतमा पक्राउ गरेको थियो ।

घटनाको मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?