
१६ चैत, काठमडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशमा गणतन्त्रविरुद्ध अराजक क्रियाकलाप भएको बताउँदै त्यसकाविरुद्ध एक हुन अपिल गरेको छ ।
राजावादीहरुले तीनकुनेमा शुक्रबार २ जनाको मृत्यु हुने गरी गरेको आगजनी, तोडफोड र लुटपाटसहित प्रदर्शको विरोधमा वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबैलाई त्यसका विरुद्ध एक हुन आह्वान गरेको हो ।
‘विद्यमान र आसन्न संकटपूर्ण स्थितिको समाधान प्रतिगमन र यथास्थिति दुवै होइन, अग्रगमन तथा आमूल परिवर्तन हो, अर्थात् जनगणतन्त्रको स्थापना हो’, वक्तव्यमा भनिएको छ, ‘यसका लागि प्रतिगामीहरुको उक्साहट र यथास्थितिवादीहरुको भ्रमबाट मुक्त भई अग्रगमनका लागि साथदिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्ति तथा व्यक्तित्वलाई हार्दिक आग्रह गर्दछ । ’
राजावादीहरुले तीनकुने क्षेत्रमा शुक्रबार गराएको घटनाको पार्टीले भत्र्सनासमेत गरेको छ ।
प्रतिक्रिया 4