+

बुटवलमा चैत २३ देखि महिला फुटबल हुने

२०८१ चैत  १६ गते १०:५८ २०८१ चैत १६ गते १०:५८
बुटवलमा चैत २३ देखि महिला फुटबल हुने

१६ चैत, बुटवल । बुटवलमा चैत २३ गतेदेखि महिला फुटबल प्रतियोगिता हुने भएको छ । प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगितामा भारतको एक सहित ८ टिमले भाग लिने निश्चित भएको आयोजक बीस पचहत्तर युवा परिवारले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक टिमसहित एमएससी कोलकत्ता भारत, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु र वालिङ टिमले प्रतिस्प्रर्धा गर्ने आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

दर्शकलाई सहजताका लागि करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको तथा टिकटको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिता संयोजक बुद्धि बहादुर दर्जीले उपाधि विजेता टिमले नगद १ लाख रुपैया तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया प्रदान गरिने बताए । चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लो समय महिला फुटबलको आकर्षण रहेको बताए ।

उपमेयर कप महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय