+
+
Shares

नवराज सुवेदीको घरमा प्रहरी तैनाथ, भेटघाटमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १२:५१
तस्वीर : आर्यन धिमाल

१६ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ छ ।

शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो ।

प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन ।

‘केही अत्यावश्यक परेको खण्डमा माथिबाट निर्देशन आएपछि मात्रै भेटघाट दिन्छौं,’ स्रोतले भन्यो, ‘अहिले उहाँसँग कसैलाई भेट्न दिएको छैन ।’

अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ ।

शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक उनै सुवेदी थिए भने कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए ।

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् ।

शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेपछि दुई जनाको ज्यान गएको थियो ।

उनीहरूले निजी सम्पत्ति, सरकारी कार्यालय, गाडी, सञ्चारगृहका भवन लगायतमा ठूलो तोडफोड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?