+
+
Shares

तीनकुने घटना : उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १३:२७

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ ।

आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान भएको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?