+
+
Shares

देउवाको प्रश्न- अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १३:५१
फाइल तस्वीर

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् ।

शनिबार लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्‍याए ।

‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

देउवाले अघि थपे, ‘त्यसकारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?