+
+
Shares

तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १३:५५

१६ चैत काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।

महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।

‘अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिबाना गरेर हुँदैन, हिजो तोडफोड भएको छ । हाम्रै दमकल फुटाइएको छ,’ नगर प्रहरी बलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘ट्राफिक लाइट भत्काउने काम भएको छ । शहर कुरुप भएको छ । सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौं ।’

उनका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना गराउने तयारी रहेको छ ।

यसअघि नेकपा एमाले र राप्रपालाई आमसभा र र्‍याली गर्दा फोहोर गरेको भन्दै १-१ लाख जरिवाना गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?