+

आर्मीलाई हराउँदै पुलिस चौथोपटक पीएम कप च्याम्पियन

२०८१ चैत  १६ गते १४:१७ २०८१ चैत १६ गते १४:१७
आर्मीलाई हराउँदै पुलिस चौथोपटक पीएम कप च्याम्पियन

१६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भयो । १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । ७० बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । हमित श्रेष्ठले ३९ रन बनाए । दिलिप नाथ ३१ रनमा अविजित रहे ।

आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको थियो । बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८६ रन बनाए ।

२५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसँग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि करण केसी र सागर ढकालले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग समूह चरणको अन्तिम खेलमा पराजित भएको थियो ।

गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो ।

सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक  जितेको छ ।

आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा योसहित पाँचपटक फाइनलमा पराजित भएको छ । एकपटक पुलिससँगै संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

पुलिस भने ४ पटक फाइनल खेल्दा ४ पटक नै उपाधि जितेको छ ।

आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय