+
+
Shares

पूर्वराजालाई पक्रन माग गर्दै ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

दुईजनाको ज्यान जाने गरी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र भएको भन्दै पक्राउ गर्न दबाब दिँदै सर्वसाधारणले ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान चलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २०:५०

१६ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेको छ ।

शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् ।

तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले #ArrestGyanendra अभियान मार्फत् सरकारलाई दबाब दिएका हुन् । उनीहरूले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन् ।

प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको तथा तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परिसकेका छन् । आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईंलाई शुक्रबारदेखि नै प्रहरीले खोजी गरिरहेको छ । प्रसाईं हिजैदेखि फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?