+

चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकपको उपाधि

२०८१ चैत  १६ गते १८:०८ २०८१ चैत १६ गते १८:०८

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकपको उपाधि

१६ चैत, बुटवल । चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरले २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

चर्च ब्वाइजको जितमा पहिलो हाफमा खेलको १९औं मिनेटमा विदेशी खेलाडी रिचार्ड विल्सनले र दोस्रो हाफमा खेलको ६६औं मिनेटमा राज भुसालले एक– एक गोल गरे । फाइनलका म्यान अफ द म्याच भुसाल भए ।

गोलका लागि एपीएफले पटक–पटक प्राप्त गरेको अवसरलाई चर्च ब्वाइजका गोलकिपर विवश चौधरीले उत्कृष्ट बचाउ गरे ।

जिल्ला फुटबल संघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए ।

प्रतियोगिताको उपाधि विजेता चर्च ब्वाइजले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न बुटवल उपमहानगरले ४० लाख बजेट छुट्याएको थियो भने यशोदा फुड्सले करिब २५ लाख रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो ।

प्रतियोगितामा वेस्ट गोलकिपर चर्च ब्वाइजका विवश चौधरी भए । वेस्ट मिड फिल्डरको उपाधि एपीएफका स्यामुयल सुनारले पाए भने वेस्ट फरवार्ड चर्च ब्वाईजका रिचार्ड विल्सन भए ।

यस्तै, वेस्ट डिफेन्डर एपइीएफका मानबहादुर राना तथा वेस्ट कोच चर्च ब्याइजका आशिक थापा मगर भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका अमन लामा घोषित हुँदै स्कुटर प्राप्त गरे ।

चर्च ब्वाइज युनाइटेड तिलोत्तमा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय