१६ चैत, काठमाडौं । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । टाइम्सको कप्तानी नबिन्द्र भण्डारीले गर्नेछन् ।
भारतको मद्रासस्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ । साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ।
टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीको सामना गर्नेछ । टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने बताइएको छ । टाइम्स टोलीका सदस्य एवम् राष्ट्रिय टोलीका कप्तान सधिश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताए ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीको सफलताको लागि शुभकामना पनि दिए ।
बास्केटबल संघका अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापाले टाइम्स कलेजका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डे टाइम्स टोलीलाई बिदाइ गरेका थिए। टोली सोमवार भारत प्रस्थान गर्ने बताइएको छ ।
टाइम्स बास्केटबल टोली : नविन्द्र भण्डारी (कप्तान), सधिश प्रधान, विजय बुर्जा, मनिष केसी, सुरज खड्गी, श्रेयश बहादुर शाही, अदृतबहादुर शाही, कमल थापा, छिरिङ थिन्ले
प्रतिक्रिया 4