+
+
Shares

प्रहरीका आईजीको निर्देशन- जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च बनाउनू

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १९:०१

१६ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउधनको सुरक्षा गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताएका छन् । साथै, उनले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोवलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी काम गर्न निर्देशन पनि दिएका छन् ।

शनिबार प्रहरी हेडक्वार्टरबाट समसामयिक विषयमा निर्देशन दिंदै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने बताए ।

आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारबाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्नेगरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिए ।

अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवं गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?