+

हङकङमा हुने टी-२०आई शृंखलाका लागि प्रशिक्षण क्याम्पको घोषणा

२०८१ चैत  १६ गते १९:३६ २०८१ चैत १६ गते १९:३६
हङकङमा हुने टी-२०आई शृंखलाका लागि प्रशिक्षण क्याम्पको घोषणा

१६ चैत, काठमाडौं । अप्रिल दोस्रो साता क्रिकेट हङकङ चाइनाको आयोजनामा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्पको घोषणा गरिएको छ।

अप्रिल २ तारिखदेखि भैरहवामा सञ्चालन हुने यस शिविरका लागि २० खेलाडी छनोट भएका छन्। टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आसिफ शेख विकेटकिपरको भूमिकामा रहनेछन्।

अन्य खेलाडीहरूमा किरण ठगुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्र सिंह ऐरी, रूपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दिपेन्द्र रावत, शाहब आलम र बिबेक यादव रहेका छन्।

हङकङमा आगामी अप्रिल ९ देखि हङकङ, नेपाल, कुवेत र कतारका बीचमा टी-२०आई शृंखला हुँदैछ जहाँ सबै टोलीले एकअर्कसँग १-१ खेल खेल्ने छन् ।

भर्खरै नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल पनि घोषित भएका छन् ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय