+
+
Shares

राजावादी प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा थप दुई पक्राउ

हालसम्म यो प्रकरणमा १११ जना पक्राउ परिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १९:५०

१६ चैत, काठमाडौं । शुक्रबार भएको प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सन्तोष राजावादी र पशुपति खड्का छन् । उनीहरुलाई बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले अनलाइनखबरलाई बतायो ।

प्रहरीले यसअघि आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंका सहयोगी एवं रोयल टाक्स फोर्स (आरटीएफ) का संयोजक मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको थियो ।

हालसम्म यो प्रकरणमा १११ जना पक्राउ परिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् ।

शुक्रबारको घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?