+
+
Shares

सरकारलाई लिङ्देनको चुनौती- ज्ञानेन्द्रलाई पक्राउ गरेर देखाउनु, अनि शक्ति देखाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २०:२३

१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् ।

‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यसकारणले राजा जस्ले बोके पनि हुन्छ, जस्ले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ,’ लिङ्देनले भने, ‘हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन । त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्प्रष्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौँ ।’

राजालाई कुनैपनि विवादमा तान्नु नहुने लिङ्देनको भनाइ थियो । अध्यक्ष लिङ्देनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?