+
+
Shares
बक्सअफिस :

‘अञ्जिला’ले १६ दिनसम्म कति कमायो ?

निर्माताले १३ दिनको कमाइ ८ करोड ७० लाख रुपैयाँ भएको दावी यसअघि गरिसकेका छन् । सरकारको बक्सअफिस र निर्माताको हिसाबबीच ३ करोड ३९ लाखको अन्तर देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:०१

काठमाडौँ । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । फिल्मले घरेलु बक्सअफिसमा ५ करोड रुपैयाँको आँकडा पार गरेको छ ।

प्रदर्शनको १६ दिन शुक्रबारसम्म फिल्मको कूल कमाइ ५ करोेड ३१ लाख रुपैयाँ ग्रस रहेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । राजावादी र समाजवादी मोर्चाको प्रदर्शनको कारण तेस्रो सप्ताहन्तमा फिल्मको कमाइ प्रभावित भएपनि कमाइ सुखद छ ।

निर्माताले १३ दिनको कमाइ ८ करोड ७० लाख रुपैयाँ भएको दावी यसअघि गरिसकेका छन् । सरकारको बक्सअफिस र निर्माताको हिसाबबीच ३ करोड ३९ लाखको अन्तर देखिन्छ ।

मिलन चाम्स निर्देशित फिल्ममा एन्जिलाको शीर्ष भूमिका छ । दयाहाङ राई, सृजना सुब्बा, विजय बराल सहायक भूमिकामा प्रस्तुत छन् । यो फिल्मले फुटबल खेलाडीको रुपमा एन्जिलाको बाल्यकालदेखि महिला राष्ट्रिय फुटबल टिमको कप्तान बन्दासम्मको मर्मस्पर्शी र प्रेरणादायी कथा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?