+
+
Shares

त्रिवि कीर्तिपुरमा १८ गते स्ववियु निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:०४

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार सोमबार (चैत १८) गते निर्वाचन हुने तय भएको हो ।

यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

उक्त विवादमा हिजो (शुक्रबार) अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको छ ।

लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेको हो ।

सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?