+
+
Shares

राजावादी हिंसाको समाजवादी कम्युनिष्ट पार्टीबाट भर्त्सना

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:२८

१६ चैत, काठमाडौं । समाजवादी कम्युनिष्ट पार्टी नेपालले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शनको क्रममा भएको हिंसाको भत्र्सना गरेको छ ।
हिंसात्मक घटनामा परेर पत्रकरा सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको दुःखद् निधन भएकोमा दुःख व्यक्त गर्दै समाजवादी कम्युनिष्ट पार्टीले दोषीलाई कारबाहीको माग गरेको छ ।

पार्टीको तर्फबाट केन्द्रीय सूचना, सञ्चार तथा प्रकाशन विभागका प्रमुख अशोक सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै सामन्ती राजतन्त्र र नवऔपनिवेशिक पुँजीवादी दलाल व्यवस्थाका विरुद्ध आफ्नो विवेक, शक्ति र ऊर्जालाई केन्द्रित गर्न आह्वान गरेका छन् ।

उनले शुक्रबारको घटनालाई पुनरुत्थानवादी शक्तिहरूबाट सञ्चारकर्मी, सञ्चारगृह, निजी–सार्वजनिक सम्पत्तिमाथिको तोडफोड, आगलागी र प्रतिगमनका लागि गरिएको दुरुत्साहनको संज्ञा दिँदै निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?