+

बेन्चबाट आएका मेस्सीको गोलमा इन्टर मियामीको जित

२०८१ चैत  १७ गते ८:१२ २०८१ चैत १७ गते ८:१२
बेन्चबाट आएका मेस्सीको गोलमा इन्टर मियामीको जित

१७ चैत, काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बेन्चबाट आएर उत्कृष्ट गोल गरेपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले जित हासिल गरेको छ ।

आइतबार विहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले मैदान प्रवेश गरेको दुई मिनेटमै शानदार गोल गरेका थिए ।

खेलको सुरुवातमै मियामीले अग्रता लिएको थियो । जोर्डी आल्बाको क्रसलाई बेन्जामिन क्रेमास्चीले पास दिए र रोबर्ट टेलरले उत्कृष्ट फिनिस गर्दै गोल गरे।

५५औं मिनेटमा मेस्सी मैदानमा छिरेपछि मियामी अझै बलियो बन्यो । लुइस सुवारेजको पास पाएका मेस्सीले उत्कृष्ट ड्रिब्लिङ गर्दै गोल गरेका थिए।

८०औं मिनेटमा ड्यानियल गाजडागले फिलाडेल्फियाका लागि एक गोल फर्काएपनि मियामीले जित भने जोगायो ।

यस जितसँगै इन्टर मियामी एमएलएसको शीर्ष स्थानमा उक्लिएको छ। अब टोलीले मंगलबार कन्काकाफ च्याम्पियन्स कपमा एलएएफसीसँग प्रतिस्पर्धा गर्नेछ।

इन्टर मियामी लियाेनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय