+

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित

२०८१ चैत  १७ गते ८:४५ २०८१ चैत १७ गते ८:४५
एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित

१७ चैत, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले लेगानेसमाथि ३-२ को कठिन जित हात पारेको छ ।सुरुवाती अग्रता लिएको रियल एक पटक पछि परेपनि फेरि पुनरागमन गरेको थियो ।

एमबाप्पेले घरेलु मैदानमा ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै लेगानेसले दुई गोल फर्कायो । डिएगो गार्सियाले त्यसको एक मिनेठपछि नै लेगानेसका लागि बराबरी गोल गरे ।

यस्तै डानिएला राबाले ४१औं मिनेटमा गोल गर्द लेगानेसलाई पहिलो पटक अग्रता दिलाए । दोस्रो हाफमा रियल खेलमा फर्कियो । जुड बेलिङहमले दोस्रो हाफको सुरुमै गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि एमबाप्पेले ७६औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाए । जितपछि रियलले २९ खेलबाट बार्सिलोनासमान ६३ अंक जोडेको छ । तर गोलअन्तरमा रियल पछि छ ।

बार्सिलोनाले आइतकार जिरोनासँग खेल्दैछ र अग्रता बढाउने अवसर हुनेछ ।

रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय