+

ऋतिक खड्काले झापा एफसीबाट एनएसएल खेल्ने

२०८१ चैत  १७ गते ९:०१ २०८१ चैत १७ गते ९:०१
ऋतिक खड्काले झापा एफसीबाट एनएसएल खेल्ने

१७ चैत, काठमाडौं । नेपालको राष्ट्रिय टिमको सदस्य रहिसकेका तथा घरेलु फुटबलमा राम्रो प्रदर्शन गरेका ऋतिक खड्काले झापा एफसीबाट नेपाल सुपर लिग २०२५ खेल्ने भएका छन् ।

हाल अस्ट्रेलियामा रहेका उनी एनआरएनए कोटाबाट अनुबन्ध भएको क्लबले जनाएको छ ।

सर्लाही लालबन्दीका ऋतिकले सुरुमा मोफसलकै टिमबाट गोल्डकपहरु खेलेका थिए । त्यसपछि उनी उमेर समूहकै घरेलु प्रतियोगिता पनि खेले ।

ऋतिकले उमेर समूहको राष्ट्रिय टिम हुँदै सिनियर टिमसम्मै खेलिसकेका छन् । उनले यू-१९ र यू-२३ उमेर समहूबाट खेलेका हुन् ।

लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवालाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।

यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।

झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।

झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।

ऋतिक खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय