+
+
Shares

धवल पक्राउ परेको सूचना सभामुखले संसद्‌मा सुनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते ११:३१

१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् ।

आइतबार संसद्‌मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रबार राति पक्राउ परेका हुन् ।

राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा जबरा पक्राउ परेका हुन् ।

जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाएको थियो ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।

यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी दिनुपर्छ ।

यसअनुसार सभामुखले जानकारी दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?