+

लिग-२ को तयारी क्याम्प सुरु हुँदै, ४८ खेलाडी बोलाइए

२०८१ चैत  १७ गते ११:५३ २०८१ चैत १७ गते ११:५३
लिग-२ को तयारी क्याम्प सुरु हुँदै, ४८ खेलाडी बोलाइए

१७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाका लागि तयारी क्याम्पको घोषणा गरेको छ । त्यसका लागि ४८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।

क्यानले चयन गरेको खेलाडीहरूलाई नेपाल रातो, नेपाल निलो, नेपाल पहेंलो र नेपाल हरियो गरी चार समूहमा विभाजन गरिएको छ। प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाडीहरूबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ जसबाट अन्तिम टोली छनोट प्रक्रिया अगाडि बढाइनेछ।

चयन गरिएको प्रारम्भिक टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्यहरूसहित केही युवा तथा उदाउँदा खेलाडीहरूलाई समेत अवसर दिइएको छ। प्रारम्भिक टोलीमा कप्तान रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी जस्ता अनुभवी खेलाडीहरू रहेका छन्।

साथै युवा प्रतिभाहरू जस्तै शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, देव खनाल, बसिर अहमद, प्रतिस जीसी, अर्जुन घर्ती लगायतका खेलाडीहरू पनि समावेश छन्।

आईसीसी लिग-२ नेपालका लागि एक महत्त्वपूर्ण प्रतियोगिता भएकाले तयारी क्याम्पलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ। अभ्यास खेलहरूबाट खेलाडीहरूको प्रदर्शन मूल्याङ्कन गरिनेछ र अन्तिम टोली घोषणा गरिनेछ।

क्यानका अनुसार यो क्याम्प नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई मजबुत बनाउने एउटा महत्वपूर्ण कदम हुनेछ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय