+
+
Shares

प्रचण्डसँग ओलीको टेलिफोन संवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १२:०३

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गरेको जानकारी दिएका हुन ।

बर्तौलाका अनुुसार प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेका हुन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?