+
+
Shares

रेडक्रस गुल्मी सभापतिमा भण्डारी चयन

तम्घासमा सम्पन्न ४१औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १२:२५

१७ चैत, गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखा सभापतिमा कृष्णप्रसाद भण्डारी चयन भएका छन् ।

तम्घासमा सम्पन्न ४१औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्वाचित भएका हुन् ।

रेडक्रस शाखा उपसभापतिमा राधा पन्थी र लालबहादुर कुँवर, मन्त्रीमा ज्ञानहरि सापकोटा, कोषाध्यक्षमा महेन्द्रप्रसाद भण्डारी, उपमन्त्रीमा ईश्वरी पौडेल र उपकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा अनुपकुमार श्रेष्ठ, पिताम्बर अर्याल, अनन्तराम पौडेल, टंकप्रसाद पन्थ, सरस्वती भण्डारी, सावित्री श्रेष्ठ, मिठु गौतम घिमिरे, महेन्द्र गौतम, पूर्णलाल आचार्य र मेघराज न्यौपाने चयन भएको रेडक्रस गुल्मीले जनाएको छ ।

गुल्मीमा रेडक्रसको २४ वटा उपशाखा र ४ हजार बढी आजीवन सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?