
काठमाडौं । मंगलबारदेखि अंग्रेजी महिना अप्रिल सुरु हुँदैछ । उक्त महिनामा दर्शकले ओटीटी प्लाटफर्ममा १५ नयाँ फिल्म र वेब-सिरिज हेर्न पाउनेछन् । जसमा सैफअली खान र जयदीप अहलावतको ‘ज्वेल थीफ’देखि आर माधवन, नयनतारा र सिद्धार्थको ‘टेस्ट’, नुसरत भरुचा र सोहा अली खानको ‘छोटी २’, ‘ब्ल्याक मिरर सिजन ७’ र ‘यू सिजन ५’ जस्ता विश्व चर्चित सिरिज पनि रिलिज हुँदैछन् ।
अप्रिल २०२५ मा ओटीटीमा रिलिज हुने प्रतीक्षित १५ कथानक फिल्म र वेब सिरिजको सूची यस्तो छ :
ज्वेल थिफ- नेटफ्ल्क्सि (अप्रिल २५)
वास्तविक जीवनमा आफूमाथि भएको घातक हमलापछि सैफअली खान पर्दामा फर्किएका छन् । सिद्धार्थ आनन्दको ब्यानरमा बनेको उनको ‘ज्वेल थीफ ः द हेस्ट बिगिन्स’ अप्रिल महिनाको सबैभन्दा ठूलो ओटीटी रिलिज हो । कुकी गुलाटी र रोबी ग्रेवालले निर्देशन गरेको फिल्ममा सैफअलीले एक ठगको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीसँगै जयदीप अहलावत पनि छन्, जसले खतरनाक माफिया बोसको भूमिका निर्वाह गरेका छन् । फिल्ममा कुनाल कपुर र निकिता दत्तको पनि अभिनय छ । यो एक्सन, सस्पेन्स, थ्रिलर फिल्म हो ।
टेस्ट- नेटफ्ल्क्सि (अप्रिल ४)
नयनतारा, आर माधवन र सिद्धार्थजस्ता दिग्गज कलाकारको अभिनय रहेको ‘टेस्ट’ तामिल फिल्म हो । यो सीधै ओटीटीमा आउन लागेको हो । निर्देशन एस शशिकान्तले गरेका हुन् । यो फिल्ममा तीन व्यक्तिको कथा समेटिएको जसको जीवन एक अर्कासँग जोडिएको छ । तीमध्ये एकजना क्रिकेट खेलाडी हुन् । दोस्रो वैज्ञानिक र तेस्रो शिक्षक । कथामा भारत र पाकिस्तानबीचको क्रिकेट म्याच र हजारौं करोडको हिनामिना पनि समावेश छ । ‘टेस्ट’ फिल्म हिन्दीका साथै तेलुगु, मलयालम र कन्नडमा पनि रिलिज हुनेछ ।
चमक : द कन्क्लुजन- सोनीलिभ (अप्रिल ४)
चमक’को पहिलो सिजन संगीतको दुनियाँमा रहस्य र नाटकले भरिएको उत्कृष्ट कथाका लागि प्रशंसित भएको थियो । यसको दोस्रो सिजन प्रसारण तयारीमा छ । यसपटकको कथा पहिले भन्दा ठूलो, बोल्ड र अधिक रोचक हुनेवाला छ । फाइनल भिडन्त काला (परमवीर चीमा) र बाबु–छोरा जोडी प्रताप (मनोज पाहवा) र गुरु (मोहित मलिक) बीच हुन लागेको छ । ‘चमक’को कथालाई समीक्षकले मास्टरक्लास मानेका थिए । यसले पञ्जाबी एकसाथ संगीत, पात्रको जटिला र रहस्यपूर्ण क्रुर संसारलाई चित्रण गर्छ ।
छोरी २- प्राइम भिडियो (अप्रिल ११)
सन् २०२१ मा नुसरत भरुचाको हरर फिल्म ‘छोरी’ले दर्शकलाई तर्साएको थियो । यसको सिक्वेल ४ वर्षपछि रिलिज हुँदैछ । यसपटक नुसरतसँग सोहाअली खान पनि फिल्ममा छिन् । लोककथाको जराभित्र लुकेका रहस्य बोकेको यो सिक्वेल अलौकिक शक्ति र सामाजिक कुरीतिविरुद्ध आमाको लडाईको कथा हो । फिल्मलाई विशाल फुरियाले निर्देशन गरेका हुन् । फिल्ममा गश्मीर महाजनी, सौरभ गोयल, पल्लवी अजय, कुलदीप सरिन र हार्दिक शर्मा पनि मुख्य भूमिकामा छन् ।
द लिजेन्ड अफ हनुमान : सिजन ६ -जियो स्टार (अप्रिल ११)
यो श्रृंखला हिन्दु पौराणिक कथाका सबैभन्दा शक्तिशाली पात्रहरू मध्ये एक, भगवान हनुमानबारेको एउटा महाकाव्य कथा हो । यो श्रृंखला हनुमानको जीवनमा आधारित छ । यसमा भगवान राम, लक्ष्मण, देवी सीता र अन्यको जीवनलाई पनि चित्रण गरिएको छ । यस शोमा दमनदीप, शरद केलकर र संकेत म्हात्रेजस्ता दिग्गज कलाकारले क्यारेक्टरलाई आफ्नो आवाज दिएका छन् ।
प्रवीणकुडु शप्पु- सोनी लिभ (अप्रिल ११)
’प्रवीणकुडु शप्पु’ एक मलयालम ब्ल्याक कमेडी क्राइम थ्रिलर फिल्म हो जसलाई श्रीराज श्रीनिवासनले लेखेका र निर्देशन गरेका हुन् । फिल्ममा सुबिन शाहीर, बासिल जोसेफ र चेम्बन विनोद जोसका साथै चाँदनी श्रीधरन, शिवजीथ र शबरिश वर्मा मुख्य भूमिकामा छन् । यसको कथा एक माछा पसलमा हुने मृत्युको अनुसन्धान मा आधारित छ । वर्षाका कारण पसल बन्द भएपछि ११ जना भित्र पसेका थिए । तिनले रातभर रक्सी पिए र तास खेले । बिहान हुँदा पसलका मालिक कोम्बन बाबु कोठाको बीचमा झुण्डिएको अवस्थामा भेटिन्छन् । प्रहरीले त्यहाँ उपस्थित ११ जनालाई सोधपुछ गर्छ र हत्यारासम्म पुग्छ ।
अदृश्य सिजन २- सोनी लिभ (अप्रिल ४)
‘अदृश्यम २ – द इनभिजिबल हिरोज’ एक जासूस थ्रिलर हो । पहिलो सिजनको सफलतापछि अब यसको दोस्रो सिजन ‘सोनी लिभ’ मा ४ अप्रिलबाट प्रशारण हुँदैछ । पूजा गौर र एजाज खानको यो सिरिजले यसपटक नयाँ चुनौती सामना गर्नेछ ।
किङ्स्टन -जी फाइभ (अप्रिल ४)
‘किंग्स्टन’ एक तमिल काल्पनिक-हरर फिल्म हो, जुन ७ मार्चमा थिएटरमा रिलिज भएको थियो । कमल प्रकाशको निर्देशनमा बनेको यो फिल्ममा जीवी प्रकाशको कामको निकै प्रशंसा भएको छ । फिल्मले समुद्र किनारको गाउँमा बस्ने थुवाथुरका एक युवा किंग्स्टनको कथा बताउँछ । रहस्यमय घटनाका कारण यस गाउँमा माछा मार्न निषेध गरिएको छ । अर्को कुनै विकल्प बिना, गाउँले लागूऔषध मालिक थोमसमा निर्भर छन् । थोमसले गाउँको किङ्स्टनलाई डरलाई अस्वीकार गर्न चुनौती दिन्छ । गाउँको अफवाहलाई झूटो प्रमाणित गर्न, किङ्स्टन आफ्ना साथीहरूसँग समुद्रतिर जान्छ, जहाँ उसले नदेखिने खतराको सामना गर्छ ।
द बन्ड्सम्यान- अमेजन प्राइम भिडियो (अप्रिल ३)
‘बन्ड्सम्यान’ एक अमेरिकी एक्सन हरर वेब सिरिज हो, जुन अप्रिल ३ मा ’अमेजन प्राइम भिडियो’मा रिलिज हुँदैछ । यसका निर्देशक ग्रेन्जर डेभिड हुन् । यो १९९८–१९९८ को टिभी श्रृंखला ‘ब्रिमस्टोन’सँग धेरै मिल्दोजुल्दो छ । यसको कथा एक इनाम शिकारी बारेमा छ जो मृत्युको मुखबाट फर्किएको छ ।
टच मी नट् -जियो स्टार (अप्रिल ४)
’टच मी नट’ एक क्राइम ड्रामा हो, जसमा नवदीप मुख्य भूमिकामा छन् । यो श्रृंखला लामो समयदेखि बनिरहेको थियो, तर अन्ततः यो अप्रिल ४, २०२५ मा ’जियो हटस्टार’ मा प्रिमियर हुँदैछ । यसको कथा एकदमै संवेदनशील अपराधमा आधारित छ । यो रहस्यमय मामिलामा आधारित रहेको निर्माताले बताएका छन्, जसमा कसैले सत्य प्रकट गर्न खोज्दा खतरनाक नतिजा भोग्नुपर्छ ।
जी ट्वान्टी- अमेजन प्राइम भिडियो (अप्रिल १०)
‘जी ट्वान्टी’ एक अमेरिकी एक्शन थ्रिलर फिल्म हो जुन प्याट्रिसिया रिगेनद्वारा निर्देशित छ । फिल्ममा भायोला डेभिस, एन्थोनी एन्डरसन, मार्साई मार्टिन, रेमन रोड्रिग्ज, एन्टोनी स्टार, डगलस होज, एलिजाबेथ मार्भल, सबरीना इम्प्यासिएटोर र क्लार्क ग्रेगले अभिनय गरेका छन् । यसको कथा दक्षिण अफ्रिकाको केप टाउनमा भएको जी–२० शिखर सम्मेलनमा आतंककारीले कब्जा गरेको बारेमा हो । जहाँबाट अमेरिकी राष्ट्रपति ड्यानियल सटनलाई उनको परिवार र साथी नेताबाट बचाउने अभियान चलिरहेको छ । यो फिल्म अप्रिल १० मा अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ ।
ब्ल्याक मिरर सिजन ७- नेटफ्ल्क्सि (अप्रिल १०)
ओटीटी संसारको सबैभन्दा लोकप्रिय वेबसिरिज मध्येको एक ‘ब्ल्याक मिरर’ सातौं सिजनको साथ फिर्ता हुँदैछ । चार्ली ब्रुकरको निर्देशनमा बनेको श्रृंखलाले प्रविधिको संसारको कालो सत्यलाई देखाउँछ । ‘ब्ल्याक मिरर सिजन ७’ अप्रिल १०, २०२५ देखि नेटफ्लिक्समा स्ट्रिम हुनेछ । यस सिजनमा ६ वटा एपिसोड छन् ।
द लास्ट अफ सिजन २- जियो हटस्टार (अप्रिल १४)
पेड्रो पास्कल र बेला रामसेको श्रृंखला ‘द लास्ट अफ अस’को दोस्रो सिजन पनि अप्रिल १४ मा स्ट्रिम गर्न तयार छ । एली र जोएलले यसपटक पहिलो सिजनका नतिजा पत्ता लगाउँछन्, जसले हामीलाई ५ वर्षपछि लैजान्छ । तिनीहरू वरपरको संसार विकसित हुँदै जाँदा, नयाँ गुटहरू बीचको द्वन्द्व बढ्दै जानेछ र एली र जोएल पनि संक्रमणबाट जोगिनुपर्छ ।
यू सिजन ५ -नेटफ्ल्क्सि (अप्रिल २४)
चरम प्रेमका कारण आफ्नी प्रेमिकाको हत्या गर्ने जो गोल्डबर्ग नयाँ सिजनमा फर्किएका छन् । प्यान ब्याडगली एकपटक फेरि जो गोल्डबर्गको विषाक्त प्रेमीको रूपमा फर्किँदैछ । ग्रेग बर्लान्टी र सेरा ग्याम्बलको यो लोकप्रिय श्रृंखला अन्तिम सिजन हो । पाँचौं सिजनमा जो गोल्डबर्ग आफ्नो न्यूयोर्कमा फर्किनेछ। उसले आफू सुखी जीवन बिताउन सक्षम हुने आशा गर्छ, तर चीज अगाडि बढ्दै जाँदा, उसको अर्ध–पूर्ण जीवन उसको विगतको कारणले फेरि खतरामा पर्छ । यसको नयाँ सिजनमा हामीले ’द ह्यान्डमेड्स टेल’ फेम मेडलिन ब्रेवरलाई पनि हेर्न पाउनेछौं ।
ह्याभोक -नेटफ्ल्क्सि (अप्रिल २५)
‘ह्याभोक’ एक एक्सन थ्रिलर फिल्म हो, जसका लेखक-निर्देशक ग्यारेथ इभान्स हुन् । टम हार्डी, फरेस्ट ह्वाइटेकर र टिमोथी ओलिफान्ट अभिनित यो फिल्मले एक भूमिगत संसारको कथा भन्छ । ड्रग डिल गलत भएपछि एक जासूसले राजनीतिज्ञको छोरालाई अन्डरवर्ल्डबाट बचाउनुपर्छ ।
प्रतिक्रिया 4