
१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो ।
संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद् सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।
सभामुख घिमिरेले संसद् सहज ढंगले चल्ने वातावरणका लागि अपिल गरेका हुन् ।
गत शुक्रबार तिनकुनेमा भएको घटनाबारे संसद्मा छलफल हुनुपर्ने उनको आग्रह छ । उक्त लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुखले सुझाएका हुन् ।
प्रतिक्रिया 4