+
+
Shares

सामाजिक सञ्जालको भविष्य के ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १३:४५

प्रविधि रणनीतिकार र पडकास्ट सञ्चालक जय स्प्रिंगेटलाई सोसल मिडिया एप बटरफ्लाइज एआईमा जोडिन उत्सुकता जाग्यो । उक्त एपमा जोडिएसँगै उनी ६ महिनासम्म त्यसमा भुले ।

बटरफ्लाइज एपको अवधारणा भनेको मानिस र एआई पात्रबीच अन्तरक्रिया गराउनु हो ।

स्प्रिंगेटको अनलाइन व्यक्तित्व समयक्रमसँगै विकसित भयो र अन्य कृत्रिम पात्रहरुसँग अन्तरक्रिया गर्नेमात्र होइन आफ्नै बेनी बेबिज सफ्ट टोएजहरुको संकलन सुरु गर्न थाल्यो ।

उनका अनुसार त्यसक्रममा उनलाई यस्ता लाग्थ्यो कि एआईले कुनै नक्कलभित्र आफ्नै धारावाहिक लेखिरहेका थिए ।

जयका अनुसार उनी अरु प्लाटफर्मममा जस्तो बटरफ्लाइजमा इन्गेज भएनन् । उनी भन्छन्ः म त्यहाँ सहभागी हुनुभन्दा अवलोकन गरिरहेको जस्तो अनुभूति गरिरहेको थिएँ । मैले त्यसका लागि शुल्क तिरिनँ तर त्यहाँका कुराहरु हेर्नु निकै रोचक थियो ।

पुराना स्थापित सोसल मिडिया प्लाटफर्महरुप्रति प्रयोगकर्ताहरुको असन्तुष्टि बढिरहेको बेला बटरफ्लाइज जस्ता सोसल मिडिया सर्भिसहरुले आफूलाई विस्तार गर्ने प्रयास गरिरहेका छन् ।

डिजिटल मार्केट इन्टेलिजेन्स कम्पनी सिमिलर वेबका अनुसार जनवरी २०२४ यता बेलायतमा सोसल मिडिया प्लाटफर्म एक्सका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब २५ प्रतिशतले घटेको छ ।

एक्सको मात्र होइन, पछिल्ला वर्षहरुमा फेसबुकको मोबाइल तथा डेस्कटप ट्राफिकमा गिरावट आएको छ ।

पिउ रिसर्च सेन्टरको एक रिपोर्ट अनुसार एक दशकअघि हरेक चारजनामा तीनजना किशोर किशोरीहरुले फेसबुक र एक्स चलाउने गरेकोमा अहिले त्यो घटेर एक तिहाइमा झरेको छ ।

यस्तो परिवेसमा पकड विस्तार गरिरहेको अर्को सोसल मिडिया प्लाटफर्म ब्लुस्काई हो ।

पछिल्लो वर्षमा ब्लुस्काइले लाखौं नयाँ प्रयोगकर्ता आकर्षित गरेको छ र त्यसमध्ये अधिकांस एक्स छाडेर आएका हुन् ।

विद्यमान पुराना सोसल मिडिया प्लाटफर्ममा प्रयोगकर्ताको अभिव्यक्ति तथा सामाग्रीमािथ रहेको सोसल मिडिया कम्पनीहरुको नियन्त्रण भन्दा भिन्न ब्लुस्काईमा प्रयोगकर्तालाई आफ्ना फीडमा नियन्त्रण गर्ने तथा अल्गोरिदमले कस्ता पोस्ट देखाउँछ भन्ने कुराको निर्क्यौल गर्ने पहुँच छ । यो प्लाटफर्मलाई सेलिब्रेटीको सहभागिता रहेको फ्री आवर फीड्स फाउन्डेसनले सहयोग गरेको छ ।

वास्तवमा भन्नुपर्दा पछिल्ला वर्षहरुमा नयाँ नयाँ सोसल मिडिया प्लाटफर्महरुको खेती फस्टाएको छ । यसमध्ये एउटा चाहिं ट्वीटरका सहसस्थापक इभ विलियम्सले सिर्जना गरेको सोसल मिडिया प्लाटफर्म मोजी हो । यो प्लाटफर्मले प्रयोगकर्तालाई केवल भर्चुअल दुनियामा रमाउन मात्र होइन प्रत्यक्ष रुपमा घुमफिर गर्न तथा भेटघाट गर्न प्रेरित गर्दछ ।

त्यसैगरी फ्लिपबोर्ड कम्पनीको सर्फ नामक सोसल मिडिया एपले पनि प्रयोगकर्तालाई आफ्नो जटिल तथा झण्झटिलो सोसल मिडिया इकोसिस्टमलाई व्यवस्थापन गर्न सहयोग गर्दछ । यसले प्रयोगकर्तालाई एउटा केन्द्रीकृत फीडबाट ब्राउज गरेर अन्य सोसल मिडिया प्लाटफर्मका पोस्ट तथा सामाग्रीहरु तान्ने सुविधा प्रदान गर्दछ ।

विज्ञ भन्छन्- अन्ततः कुनै अमूक सोसल मिडियाले तत्कालै फेसबुक र ट्वीटरलाई प्रतिस्थापन गर्ने सम्भावना छैन । तर समयक्रममा यी पुराना प्लाटफर्मलाई नयाँ पुस्ताको रोजाइका नयाँ प्लाटफर्मले विस्तारै छेउँ लगाउनेछन्।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?