+
+
Shares

८ वर्षपछि डबिङ स्टुडियोमा हमाल : के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १४:१८

काठमाडौं । अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहा अवतार’को डबिङ सकिएको छ । निर्देशक दिवाकर भट्टराइले अन्य कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ ।

डबिङमा हमालले बोले- ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर आशावादी सुनिए देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने ।

प्रदर्शन मितिसहितको पोस्टर सोमबार सार्वजनिक गर्ने तयारी छ । फिल्ममा हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह लगायतको अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा, अर्जुन पोखरेलको संगीत छ ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ । क्रिएटिभ सिने आर्ट्सका लागि निर्माता नेम महर्जन छन् । करणसिंह प्रोडक्सन डिजाइनर रहेको फिल्मका एसोसिएट निर्देशक वसन्त अधिकारी हुन् ।

८ वर्षपछि हमाल यो फिल्मबाट कमब्याक गर्दैछन् । यसैले, उनको कमव्याक कस्तो होला भने कौतुहलता दर्शकमा छ । हमालले पनि यो फिल्मलाई महत्वकाङ्क्षी प्रोजेक्टको रुपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?