+
+
Shares

२३ करोड थान ५ सयका नोट छाप्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १४:३३

१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाईका लागि ठेक्का आह्वान गरेको छ ।

नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र दाताबाट आवेदन माग गरिएको हो । राष्ट्र बैंकले यसअघि नै बोलपत्र आवेदनका लागि योग्य ६ कम्पनीको सूची सार्वजनिक गरेको छ । ती योग्य आवेदकमा चीन, अमेरिका, जर्मनी, रसिया, फ्रान्स र पोल्यान्डका कम्पनी छन् ।

यीमध्ये ठेक्का लिन इच्छुक आवेदकले आगामी १४ मे १२ बजेसम्म मुद्रा व्यवस्थापन विभाग थापाथलीमा आइपुग्नेगरी बोलपत्र आवेदन दिन सक्नेछन् । सोही दिन १ बजे बोलपत्र आवेदन दिने संस्थाको प्रतिनिधिको उपस्थितिमा खोलिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?