+
+
Shares

नेपाली लेखक संघको अध्यक्ष वियोगी बुढाथोकी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १४:३५

१७ चैत, काठमाडौं । नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा भएको संघको आठौं अधिवेशनमा तीन पद अध्यक्ष, सह अध्यक्ष र महासचिव निर्वाचन भएको थियो ।

४५ सदस्यीय कार्यसमितिमा अन्य पदमा भने सर्वसम्मत चयन गरिएको थियो । अध्यक्षमा निर्वाचित वियोगीले ११५ मत पाएका थिए भने पराजित डा.रत्नमणि नेपालले ५९ मत पाए । सह अध्यक्षमा निर्वाचित मनोज न्यौपानले १०२ र पराजित डा.शैलेन्द्र प्रकाश नेपालले ६९ मत ल्याए ।

महासचिवमा सोझो गाउँले निर्वाचित भए भने प्रकाश विमिल पराजित भए । गाउँलेको पक्षमा १२६ मत आएको थियो भने विमिलले ४९ मत ल्याए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली लेखक संघको अधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उद्धघाटन गरेका थिए । नयाँ कार्यसमितिमा महामन्त्री गगन थापा निकटको बाहुल्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?