+
+
Shares

इन्द्रसरोबर गाउँपालिकाको डिजिटल बोर्डमा ‘राजा आऊ, देश बचाऊ’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १६:१६

१७ चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको डिजिटल बोर्डमा `राजा आऊ, देश बचाऊ’ भनेर लेखिएको शब्द डिस्प्ले भएको छ ।

गाउँपालिका कार्यालयको नाम र ठेगाना डिस्प्ले हुने डिजिटल बोर्डमा आज दिउस `राजा आउ, देश बचाउ´ डिस्प्ले भएको हो । गाउँपालिकाले तत्कालै डिजिटल बोर्ड बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।

डिजिटल बोर्ड ह्याक भएको लामाको दाबी छ । गाउँपालिकामा सूचना प्रविधि हेर्ने कर्मचारी पनि कार्यालयमा नरहेको अवस्था यो कसरी भयो भनेर आन्तरिक छानबिन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लामाले बताए ।

विगतमा अन्य सरकारी निकायको बोर्डमा पनि गलत सूचना प्रवाह भएको घटनापछि गाउँपालिमा यसअघि नै डिजिटल बोर्डको दुरूपयोग हुन सक्ने सम्भावित अवस्था बारे छलफल भएको उनले बताए ।

`३-४ दिन अघि मात्रै बोर्डको गलत प्रयोग हुन सक्ने बारे छलफल पनि गरेका थियौं। मैले बोर्ड नै बन्द गरेर राख्न पनि खोजेको थिएँ । नभन्दै जे हुनसक्छ भनेको त्यही भयो ।´ लामाले अनलाइनखबरसँग भने । उनले डिजिटल बोर्डको पासवर्ड लिक भएर कसैले घटना गरायो वा बोर्ड नै ह्याक भयो भन्ने विषयमा छानबिन गरेर दोषी पत्ता लगाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?