+
+
Shares

भेटिएन तीनकुनेमा खोसिएको बन्दुक, पक्राउ परेका युवालाई थपियो हिरासत अवधि

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १६:३५
तस्वीर : दिनेश गौतम/अनलाइनखबर

१७ चैत, काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला परेको छैन ।

सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपार्नेका अनुसार, उक्त बन्दुक खोस्ने व्यक्ति पक्राउ परेको भएपनि हराएको बन्दुक भने फेला परेको छैन ।

‘खोस्ने व्यक्ति पक्राउ परेका छन् । बन्दुक फिर्ता गरेको छैन । प्रहरीको हिरासतमा छ,’ प्रवक्ता न्यौपानेले अनलाइनखबरसँग भने, ‘भेटिन्छ भन्ने विश्वास छ ।’

बन्दुक खोस्ने व्यक्तिमाथि थप अनुसन्धान गर्न आज म्याद थप गरिएको प्रवक्ता न्यौपानेले बताए ।

१५ चैतमा राजावादीको आन्दोलनमा तीनकुनेको मार्बल हाउस नजिकै चेपमा आन्दोलनकारीले प्रहरीमाथि ढंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीको बन्दुक खोसेर चौरतर्फ भागेका थिए ।
त्यतिबेला आन्दोलनकारीलेनै प्रहरीमाथि आक्रमण गरेका थिए ।

एक महिला प्रहरी भुइँमा लडेर रुँदै याचना गरिरहेको भिडिओ भाइरल छ ।

आन्दोलनकारीले ढुंगामुढा प्रहार गरिरहेका थिए भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?