+

एथ्लेटिक्सको भेट्रान पदक विजेता सम्मानित

२०८१ चैत  १७ गते १६:५९ २०८१ चैत १७ गते १६:५९
एथ्लेटिक्सको भेट्रान पदक विजेता सम्मानित

१७ चैत, काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।

कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०–८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

भेट्रान एथ्लेटिक्स खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय