
१७ चैत, काठमाडौं। काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा राजावादीले गरेको तोडफोड र आगजनीका कारण ठूलो क्षति भएको छ ।
चैत १५ गते राजावादी समूहले तोडफोड र आगजनी गरेपछि कम्पनीमा ठूलो क्षति भएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले बताइन् ।
उनका अनुसार कर्मचारीहरूले भागेर ज्यान जोगाए पनि अफिसमा भने ठुलो क्षति भएको छ ।
उनले अनलाइनखबरसँग भनिन्, ‘ ‘राजावादी समूहले अफिसको आगजनी र तोडफोड गरेपछि हामीले त भागेर ज्यान जोगायौ। तर कम्पनीमा रहेका सामानहरू जलाइएका छन्। सिसाहरू फुटाइएका छन् ।’ उनले क्षतिको विवरण संकलन भइरहेको बताइन् ।
प्रदर्शनकारीले आगजनी गर्न थालेपछि प्रहरी, वन कार्यालयलगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि तत्काल आगो निभाउन कतैबाट पहल नभएको उनले गुनासो गरिन् ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सरकारी स्वामित्वको हो ।
हेर्नुहोस् राजावादीले जडीबुटी कम्पनीमा आगजनी गरेका तस्वीरहरू :
प्रतिक्रिया 4