+
+
Shares
फेसन :

‘फेसन डिजाइनर अफ द इयर’का १० जना फाइनलिस्ट घोषणा

फाइनलिस्टले आगामी चैत ३० गते (अप्रिल १२)मा ललितपुर पुल्चोकस्थित प्लाजामा आयोजना फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । पहिलोपटक मुलुकमा फेसन डिजाइनरबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १७:०७
गतसाता आयोजित अडिसनको एक दृश्य ।

काठमाडौं । ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गर्न लागेको ‘डिजाइनर अफ द इयर’को पहिलो संस्करणको फिनालेका लागि १० जना फेसन डिजाइनर छनोट भएका छन् ।

फाइनलिस्टले आगामी चैत ३० गते (अप्रिल १२)मा ललितपुर पुल्चोकस्थित प्लाजामा आयोजना फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । पहिलोपटक मुलुकमा फेसन डिजाइनरबीच प्रतिस्पर्धा हुन लागेको हो ।

१० फाइनलिस्टमा स्यारोन र साहिल, फुङदेन लिम्बु, कृपाा श्रेष्ठ, स्यामुएल, पोखरेलीज्, मिका महतो, सुष्मा गुरुङ, एस एण्ड एस, लिसा चक्रवर्ती र मुना श्रेष्ठ छन् ।

विजेताले आगामी मिस वर्ल्ड, मिस इन्टरनेसनल र मिस अर्थमा भाग लिने सुन्दरीको पहिरन डिजाइनको मौका पाउनेछन् । यसका लागि हिडन ट्रेजरले काठमाडौं, बिराटनगर, पोखरा र नेपालगञ्जमा अडिसन आयोजना गरेको थियो ।

मोडल प्रतिस्पर्धाको लागि अडिसन भने सोमबार आयोजना हुँदैछ । छनोट हुने एकजना भाग्यमानी मोडलले सन् २०२५ को मिस नेपालमा सीधै प्रवेशको मौका पाउनेछिन् ।

मोडलको अडिसनको लागि मोडल सविता कार्की, पूर्वमिस नेपालद्धय मलिना जोशी र इशानी श्रेष्ठ जजको रुपमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?