+
+
Shares
फेसन शो :

नीति, प्रियंकारानी, नम्रता आइइसी फेसन शोमा (तस्वीर)

दर्शकले भरिभराउ शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक-फरक पहिरनका डिजाइनलाई २५ सिक्वेलमा मोडलले प्रस्तुत गरे । दोस्रो दिन नीति शाह, प्रियंकारानी जोशी, नम्रता श्रेष्ठ र्‍याम्पमा प्रस्तुत भए । उनीहरू शो-स्टपरको रुपमा रनवेमा प्रस्तुत भए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १७:४९
फेसन शोमा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह (बायाँ) र पूर्वमिस नेपाल प्रियंकारानी जोशी ।

काठमाडौँ । चर्चित सेलिब्रेटी र ३१ जना व्यवसायिक मोडल एउटै रनवेमा प्रस्तुत भएका छन् । शुक्रबार र शनिबार होटल याक एण्ड यतिमा भब्य सजावटसहित आयोजित फेसन शो ‘आइइसी डिजाइनर रनवे’को र्‍याम्पमा उनीहरूले नयाँ डिजाइन प्रस्तुत गरे ।

दर्शकले भरिभराउ शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरले तयार पारेका फरक-फरक पहिरनका डिजाइनलाई २५ सिक्वेलमा मोडलले प्रस्तुत गरे । पहिलो दिन शुक्रबार स्वस्तिमा खड्का, प्रियंका कार्की, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, प्रियंकारानी जोशी, समर्पणजंग कार्की, सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल र्‍याम्पमा देखिए ।

दोस्रो दिन नीति शाह, प्रियंकारानी जोशी, नम्रता श्रेष्ठ र्‍याम्पमा प्रस्तुत भए । उनीहरू शो-स्टपरको रुपमा रनवेमा प्रस्तुत भए ।

चर्चित भारतीय फेसन कोरियोग्राफर यतिन गान्धी समेत सहभागी थिए । नेक्स्ट मोडल नेपालले शो आयोजना गरेको हो । नेपाली फेसनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले शो आयोजना गरिएको आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

शोलाई यसवर्ष वृहतरुपमा आयोजना गरिएको उनले बताइन् । अर्काे बर्ष सन् २०२३ का बिद्यार्थी डिजाइनरका फेसन शो हुने उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?