
फाइल तस्वीर
१७ चैत, काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित उडान (सेड्युल फ्लाइट) सुरु हुँदैछ ।
यस विमानस्थलमा हिमालय एयरलाइन्सले चीनको ल्हासाका लागि नियमित उडान गर्न लागेको हो । यसअघि सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । नियमित उडान गर्नेमा हिमालय पहिलो वायुसेवा कम्पनी बन्दैछ ।
कम्पनीका अनुसार हिमालयको नियमित उडानको जहाज सोमबार पोखरा अवतरण गर्ने छ । पोखराबाट ल्हासा भने मंगलबार मात्र उड्ने छ । यस रुटमा हिमालयले सातामा एक उडान गर्ने छ । यात्रु चाप बढ्दै जाँदा उडान थप हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4