
१७ चैत, काठमाडौं। प्रेमिकाको हत्या गरी फारार रहेका युवक प्रहरीले पक्राउ गरेको छ ।
प्रेमिकाको हत्या गरी फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले वीरगञ्ज नाकाबाट पक्राउ गरेको हो । उनी गत फागुन १४ गते विहान आफ्नी प्रमीकालाई मारेर आफ्नो मोवाइल समेत त्यहि होटलमा छाडेर फरार भएका थिए ।
युवकले २३ वर्षिया युवती शर्मिला श्रेष्ठलाई बनेपामा रहेको होटलमा बोलाएर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार युवक र युवती प्रेम सम्बन्धमा रहेको तथा पछिल्लो समय युवतीले युवकसँग भेट्न नमानेपछि हत्या गरेको स्वीकारेको जानकारी दिए । हत्या गरेर फरार रहेका युवकलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनेपाको टोली वीरगञ्ज पुगेको थियो ।
रामेछापको खाँडादेवी गाउँपालिका-२ हिलेचौर घर भई काठमाडौको बालाजुमा डेरा गरी बस्ने २७ वर्षीय भरत बुढाथोकीले रामेछाप जिल्ला खाडादेवी नगरपालिका वडा नम्वर ७ स्थायी घर भई बनेपा-६ बुडोल बस्दै आएकी शर्मिला श्रेष्ठलाई सुरुमा फकाई नमानेपछि जवरजस्ती तान्दै होटलमा लगेर हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको थियो ।
१४ गते विहान घरबाट बेपत्ता भएको उजुरी परिवारका सदस्यले प्रहरीलाई दिएका थिए । उनको शव भोलिपल्ट २०८१ फागुन १५ गते साँझ मृत अवस्थामा होलको कोठामा युवती फेला परेकी थिइन् ।
शर्मिला र भरतको बोलचाल तथा अन्य सम्वन्धका आधारमा उनीमाथि शंका गरी खोजतलास सुरु गरिएको थियो । होटलमा प्रवेश गर्दाको सीसीटिभी फुटेज तथा अन्य रेकर्डका आधारमा भरतले नै शर्मिलालाई बन्धक बनाई हत्या गरेको खुलेपछि प्रहरी उनको खोजीमा लागेको थियो ।
बिहीबार पक्राउ परेका उनीमाथि शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रतिक्रिया 4