+
+
Shares

सुदूरपश्चिममा पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष रञ्जिता श्रेष्ठलाई

आर्थिक लेनदेन सम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका मन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १९:२८
फाइल तस्वीर

१७ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो ।

बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारु डगौराले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए ।

उनका अनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मणकिशोर चौधरी बाहेकका सांसदको सहभागिता रहेको थियो ।

बैठकले सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले आफ्नो दललाई सम्मानजनक व्यवहार नगरेको कुरा समेत उठेको चौधरी बताउँछन् ।

दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधी आफू अनुकूल बनाएर आर्थिक लाभ लिन सकिने योजना बनाएको अडियो सार्वजनिक भएपछि वनमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?