+
+
Shares

असनमा यसरी मनाइयो खट जुधाउने जात्रा (तस्वीरहरू )

काठमाडौंको केन्द्र असनमा खट जुधाउने जात्रा मनाइएको छ । काठमाडौमा मनाइने जात्राहरू मध्ये एक महत्व बोकेको जात्रा हो पहाँचर्हे जात्रा अर्थात खट जुधाउने जात्रा ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ चैत १७ गते २०:०६

१७ चैत, काठमाडौं। काठमाडौंको केन्द्र असनमा खट जुधाउने जात्रा मनाइएको छ । काठमाडौमा मनाइने जात्राहरू मध्ये एक महत्व बोकेको जात्रा हो पहाँचर्हे जात्रा अर्थात खट जुधाउने जात्रा ।

काठमाडौंको व्यस्त बजार असनमा आइतबार बेग्लै रौनक थियो । अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका थिए । उनीहरु तीनवटा खट घुमाउँदै थिए ।

यो खट जुधाउने जात्रा हो । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ । यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

हेर्नुहोस् तस्वीरहरु :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?