+

१० खेलाडीको बुटवलले झापालाई बराबरीमा रोक्यो

२०८१ चैत  १७ गते २०:२७ २०८१ चैत १७ गते २०:२७
१० खेलाडीको बुटवलले झापालाई बराबरीमा रोक्यो

१७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीले बराबरी खेलेका छन् ।

कप्तान एरिक विष्टले रातो कार्ड पाउनुका बावजुत पनि बुटवलले झापालाई गोलरहित बराबरीमा रोकेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमा झापाले लगातार आक्रमक गरेपनि बुटवलका किपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनपछि गोल गर्न सकेन ।

दोस्रो हाफमा झापाले लय कायम राख्न सकेन । ७०औं मिनेटमा बुटवलका कप्तान एरिक रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा झापाले उठाउन सकेन ।

पहिलो हाफमा झापाले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्नु र दोस्रो हाफमा बुटवल एक खेलाडी कम हुँदा पनि झापाले गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्‍यो ।

बराबरीपछि दुवै टोलीले समान अंक पाएका छन् । एनएसएल २०२५ मा यो लगातार दोस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सले २-२ को बराबरी खेलेका थिए ।

नेपाल सुपर लिग २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय